अस्ट्रेलियामा न्यूनतम पारिश्रमिक ५ प्रतिशतभन्दा धेरै बढ्यो

अब मजदुरले हप्तामा कम्तीमा थप ४० अस्ट्रेलियन डलर कमाउने

 असार १, २०७९ बुधबार २०:२६:४१ | एजेन्सी
unn.prixa.net

अस्ट्रेलियामा कार्यरत कामदारहरूको न्यूनतम पारिश्रमिक पाँच दशमलव दुई प्रतिशतले बढेको छ । उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भएकाले कामदारहरूको सेवा सुविधामा पनि वृद्धि गरेको अस्ट्रेलियाका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।  

स्वतन्त्र कार्य आयोगले आज बुधवार घोषणा गरेको न्यूनतम पारिश्रमिकअनुसार अस्ट्रेलियामा कार्यरत मजदुरहरूको अबको न्यूनतम पारिश्रमिक प्रतिघण्टा २१ दशमलव ३८ अस्ट्रेलियन डलर पुगेको छ । यसअघि न्यूनतम पारिश्रमिक प्रतिघण्टा २० दशमलव ३३ अस्ट्रेलियन डलर थियो । अब हरेक मजदुरले हप्तामा ४० अस्ट्रेलियन डलर थप कमाउन सक्ने आयोगका अधिकारीहरूले जानकारी दिएका छन ।

आयोगको यस निर्णयले अस्ट्रेलियाका झन्डै २७ लाख कामदारलाई प्रभावित पार्ने भएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीले यसअघि नै कम्तीमा पाँच दशमलव एक प्रतिशत पारिश्रमिक वृद्धि गर्न आग्रह गर्नुभएको थियो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • निरज खत्री

    June 15, 2022, 8:29 p.m.

    नेपाली ले सुख सँग रेमिट्यान्स भित्र्याउने भए

  •  0 Reply

तपाईको प्रतिक्रिया