युक्रेनको सेभेरोदोनेत्स्क सहरमा फसेका नागरिकको उद्धारमा कठिनाइ

 असार २, २०७९ बिहीबार १२:५२:१७ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

पूर्वी युक्रेनको सेभेरोदोनेत्स्क सहरमा हजारौँ नागरिक फसेका र उनीहरूको उद्धारमा कठिनाइ देखिएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

युद्धका क्रममा सहरलाई जोड्ने सबै पुल ध्वस्त पारिएकाले झन्डै १२ हजारलाई बाहिर निकाल्न मुस्किल भएको राष्ट्र सङ्घको भनाइ छ । युद्धग्रस्त क्षेत्रमा फसेकामध्ये धेरैजसो  अजोत केमिकल कारखानाभित्र रहेका छन्।  

धेरैजसो क्षेत्र रुसी सेनाको कब्जामा रहेको सेभेरोदोनेत्स्कमा खानेपानी र सरसफाइ ठूलो चुनौती देखिएकाले त्यहाँका मानिस कतिसम्म पानी विना बाँच्न सक्छन भन्ने चिन्ता बढेको राष्ट्र सङ्घको मानवीय सहायता कार्यालयले जनाएको छ।

सेभेरोदोनेत्स्कमा खाद्यान्न र स्वास्थ्य सामग्रीको पनि अभाव देखिएको खबरमा उल्लेख छ। 
 

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया