श्रीलङ्कामा लाखाैँ नागरिकलाई सहायताको खाँचो

 असार ३, २०७९ शुक्रबार ७:३३:२६ | एजेन्सी
unn.prixa.net

संयुक्त राष्ट्र सङ्घले श्रीलङ्काका गर्भवतीका लागि खाद्यान्न सहायता पठाउन थालेको छ ।

राष्ट्र सङ्घका अनुसार श्रीलङ्काका पाँचमध्ये चार जनाले खर्च धान्नका लागि खाना खान नै छोड्न थालेका छन् । राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम डब्लूएफपीले ‘जीवन बचाउने सहयोग’ अन्तर्गत झण्डै दुई हजार गर्भवतीलाई खाद्यान्न सहयोग वितरण गर्न थालेको जनाएको छ ।

एसिया र प्रशान्त महासागरका डब्ल्यूएफपी उपक्षेत्रीय निर्देशक एन्थिया वेबले २ करोड २० लाख जनसङ्ख्या रहेको श्रीलङ्काका गरिब नागरिकलाई खाना औषधिजस्ता आधारभूत आवश्यकताका वस्तु खरिद गर्न कठिन भइरहेको बताउनु भएको छ ।

खानाको अभावले  उनीहरुले गर्भदेखि नै आफ्नो सन्तानको स्वास्थ्यलाई खतरामा पारिरहेका उहाँको भनाइ छ । यस्तै, डब्ल्यूएफपीले कुपन वितरण गर्न लागिएको पनि जनाएको छ । यसबाट ३० लाख नागरिकलाई खाद्यान्नको जोहो गर्नका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।

यस्तै, डब्ल्यूएफपीले बालबालिकालाई स्कुलमा कम्तीमा पनि एक पटक खाना खुवाउन सहयोग गर्ने तयारी पनि भइरहेको जनाएको छ । संयुक्त राष्ट्र सङ्घले श्रीलङ्कामा लाखौँलाई सहायताको खाँचो परेको उल्लेख गरेको छ ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया