भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोध चर्किँदै

 असार ३, २०७९ शुक्रबार १२:२३:४६ | एजेन्सी
unn.prixa.net

भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोधमा भइरहेको प्रदर्शन हिंस्रक बन्दै गएको छ ।

प्रदर्शनकारीहरुले रेलमा आगजनी गरेका छन् । बिहारको समस्तिपुरमा जम्मु तावी–गुहाटी एक्स्प्रेसका दुई वटा डब्बामा र लखिसराइमा पनि अर्को रेलमा आगो लगाइदिएका बीबीसी हिन्दीले जनाएको छ ।  

उत्तर प्रदेशको बालियामा पनि प्रदर्शनकारीहरुले रेल वे स्टेसनभित्र छिरेर तोडफोड गरेका छन् । उत्तर प्रदेशको पूर्वाञ्चलको बलिया जिल्लामा प्रदर्शन उग्र बनेको छ । प्रदर्शनकारीले ढुङ्गामुढा समेत गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ ।

अग्निपथ नामक सैनिक भर्ती योजनाको बिहार, उत्तरप्रदेश, राजस्थान, पञ्जाब लगायतका राज्यमा विरोध भइरहेकोे छ । यो योजना अनुसार साढे १७ देखि २३ वर्ष उमेर समूहबाट सेनामा भर्ती लिइने छ । तर भर्ती गरिएको ४ वर्षपछि ७५ प्रतिशत जनशक्तिलाई अवकाश दिएर २५ प्रतिशतलाई मात्रै पूर्णकालीन सेनामा परिणत गर्ने प्रस्ताव गरिएको छ।

यो प्रस्ताव तत्काल फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन भएको हो । सामान्य अवस्थामा १५ वर्षे सेवा अवधिपछि आजीवन पेन्सन प्राप्त हुने भएकाले भारतमा सैनिक जागिर निकै आकर्षक मानिन्छ।

सरकारले भने सशस्त्र जनशक्ति र त्यसबाट अवकाश पाउनेहरुको पेन्सन खर्च धान्नै नसक्ने अवस्थामा पुगेको भन्दै नयाँ योजना ल्याएको हो। 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया