सुनको भाउ ३ सय रुपैयाँले घट्यो

 असार ५, २०७९ आइतबार ११:२७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हप्ताको पहिलो दिन आज सुनको भाउ तीन सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ तोलामा ९७ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको  पनि भाउ घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया