रुसले इटलीलाई दिने ग्यासमा कटौती गर्‍याे, इटलीमा ठूलो समस्या निम्तिने डर

 असार ५, २०७९ आइतबार १७:७:२९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसले इटलीमा निर्यात गर्ने ग्यास कटौती गरेको छ । रुसको ग्यास निर्यात गर्ने मुख्य कम्पनी गाजप्रोमले इटलीको सरकारी कम्पनी ईएनआईलाई दिने ग्यासको परिमाणमा झन्डै आधाले कटौती गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । 

गाजप्रोमले आज आइतवार लगातार पाँचौँ दिन पनि मागेजति ग्यास नदिएको ईएनआईले जनाएको छ । ईएनआईले रुसबाट दैनिक ६३ मिलियन क्युबिक मिटर ग्यास आपूर्ति गर्दै आएकोमा गएको बुधवारदेखि ५० देखि ८० प्रतिशतसम्म मात्रै ग्यास प्राप्त भएको इटलीले जनाएको छ ।

रुसले आपूर्तिमा रोक लगाउने क्रम जारी राखेमा इटलीले अर्को हप्ता नै नागरिकलाई ग्यासको खपत कम गर्न आग्रह गर्न सक्ने वा कोटा तोक्न सक्ने सम्भावना छ । रुसबाट ग्यास आपूर्तिमा कमी आएसँगै इटलीले उद्याेग प्रयोग कम गर्ने, कोइला पावर प्लान्टको क्षमता बढाउने र रुसबाहेकका निर्यातकर्तासँग ग्यासका लागि अनुरोध गर्न सक्ने पनि खबरमा उल्लेख छ । 

इटलीले आउँदो जाडोयामका लागि ९० प्रतिशत भण्डारण भर्ने लक्ष्य लिएको छ । अहिले भण्डारण क्षमताको ५४ प्रतिशत मात्रै ग्यास स्टक रहेको बीबीसीले जनाएको छ । रुसका प्रवक्ता दिभित्री पेस्काेभले मर्मतका कारण पछिल्ला केही दिनमा ग्यासको निर्यातमा कमी भएको दाबी गरे पनि इटलीका प्रधानमन्त्री मारिओ दाघ्रीले भने रुसले ग्यासमा राजनीति गर्न खोजेको आरोप लगाउनुभएको छ । 

रुसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपेली देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । यसलाई टक्कर दिन रुसले इन्धन कटौती गरिरहेको छ । पेट्रोलियम पदार्थ र ग्यासका लागि युरोप रुसमा निर्भर रहँदै आएको छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया