फिलिपिन्सका राष्ट्रपति रोड्रिगो ड्युटेर्टकी छोरी उपराष्ट्रपतिमा मनाेनित

 असार ६, २०७९ सोमबार १२:१९:५७ | एजेन्सी
unn.prixa.net

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो ड्युटेर्टकी छोरी उपराष्ट्रपतिमा चुनिएकी छिन् ।

राष्ट्रपतिका छोरी सारा ड्यूटेर्टले उपराष्ट्रपतिको शपथ ग्रहण गर्दै फिलिपिन्सलाई एकताबद्ध बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।

४४ वर्षकी साराले एक दशक पहिले डभाओ सहरमा मेयरको जिम्मेवारी सम्हाल्नु भएको थियो । उपराष्ट्रपति साराको आउँदो ३० तारिखदेखि कार्यकाल सुरु हुनेछ । राष्ट्रपति रोड्रिगोको कार्यकाल सकिनै लागेको छ ।

फिलिपिन्समा राष्ट्रपतिको कार्यकाल ६ वर्षको हुन्छ । रोड्रिगो सन् २०१६ मा राष्ट्रपति बन्नु भएको थियो । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया