गाडी भाडा झन्डै ८ प्रतिशतसम्म बढ्यो, काठमाण्डौबाट साँफेबगर पुग्न २ हजार ८ सय ८९ रुपैयाँ

 असार ६, २०७९ सोमबार १३:३८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा चर्काे वृद्धि गरेसँगै विभागले भाडा बढाएको हो । इन्धनको बजार मूल्य पाँच प्रतिशत वा पाँच प्रतिशतभन्दा बढीले घटबढ भएमा स्वचालित प्रणालीमार्फत भाडा पनि घटबढ हुँदै आएको छ । 

विभागले आजैदेखि लागू हुने गरी यात्रुवाहक गाडीमा पाँच दशमलव ३० प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा ६ दशमलव ९४ र तराईको बाटोमा चल्ने मालवाहक गाडीमा सात दशमलव सात प्रतिशतले भाडा बढाएको छ । नयाँ भाडादर एक प्रदेशबाट अर्को प्रदेशमा वा राष्ट्रिय राजमार्गमा चल्ने गाडीमा लागू हुने विभागले जनाएको छ । 

बढाएको भाडाअनुसार सबैभन्दा धेरै काठमाण्डौबाट धनगढी, सितामढी हुँदै अछामको साँफेबगर जाने यात्रुले दुई हजार आठ सय ८९ रुपैयाँ गाडी भाडा तिर्नुपर्नेछ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया