टिप्परको ठक्करबाट काठमाण्डौमा एक जनाको ज्यान गयो

 असार ८, २०७९ बुधबार ७:५९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको शंखरापुर नगरपालिका १ देउराली भञ्याङमा गएराति टिप्परको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

गएराति ९ बजे प्रदेश ३–०१००६ ख ३४७४ नम्बरको टिप्परले ठक्कर दिँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ फट्कशिला घर भएकी लिलामाई दनुवारको ज्यान गएको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया