वीरेन्द्रनगरमा देखियाे बर्डफ्लु

 असार ९, २०७९ बिहिबार १७:४३:४० | रासस
unn.prixa.net

फाइल फाेटाे

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ३ तातापानीकाे एक टर्की फर्ममा बर्डफ्लु देखिएको पुष्टि भएको छ । केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाण्डाैमा आज बिहीवरा गरिएको परीक्षणबाट त्यस फर्मको टर्कीमा बर्डफ्लु देखिएको पुष्टि भएको हो । 

एक सय वटा भन्दा बढी टर्की मरेपछि परीक्षणका लागि नमुना काठमाण्डाै पठाइएको थियो । पशुपक्षी विकास निर्देशनालय सुर्खेतका प्रमुख प्रचण्ड खड्काले टर्की बर्डफ्लुकै कारण मरेको पुष्टि भएको जानकारी दिनुभयो । बर्डफ्लु पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयमा बसेको बर्डफ्लु नियन्त्रण समितिको आकस्मिक बैठकले चार किल्ला तोकेर टर्की, कुखुरालाई नष्ट गर्न निर्देशन दिएको छ ।

पशुपक्षी विकास निर्देशनालयले पशु चिकित्सकसहितको टोली पुगेर बर्डफ्लु देखिएको स्थानदेखि पाँच सय मिटरसम्म क्षेत्रमा पालिएका पक्षीलाई नष्ट गर्ने तयारीमा रहेको जनाएको छ । बर्डफ्लु फैलिएको फर्ममा साना–ठूला गरी झन्डै एक हजार पाँच सय वटा बढी टर्की छन् । 

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बर्डफ्लु फैलिन नदिन सुर्खेत उपत्यकाका किसानलाई सजग गराइएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया