पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बानेश्वरमा प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच झडप

 असार ९, २०७९ बिहिबार २०:२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा एमाले निकट युवा सङ्घ नेपालले आज बिहीवार काठमाण्डौको बानेश्वरमा प्रदर्शन गरेको  छ ।  

मसाल जुलुस निकालेर सडक बन्द गरेपछि आज बेलुका प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडपसमेत भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको भन्दै युवा सङ्घले बुद्धनगरदेखि नयाँ बानेश्वरसम्म मसाल जुलुससहित प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीले ‘मूल्यवृद्धि फिर्ता गर’, ‘प्रधानमन्त्री राजीनामा देउ’ लगायतका नारा लगाएका थिए ।

अहिले त्यस क्षेत्रमा यातायात सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ । पछिल्लो चरणमा भएको मूल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर एक सय ९९ र डिजल/मट्टीतेल एक सय ९२ रुपैयाँ पुगेको छ । 

तस्बिर : युवा सङ्घ नेपालकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया