कालीकाेटमा जीप दुर्घटना हुँदा तीन जनाकाे ज्यान गयाे
जेठ २८, २०८० आइतबार
काठमाण्डाै - काठमाण्डौलाई मन्दिर नै मन्दिरको सहरकाे रुपमा चिनिन्छ । यहाँ पाइला पाइलामा मठ मन्दिर छन्, चाेक नै पिच्छे अनेकौँ देवी देवताका मूर्ति भेटिन्छन् ।
कतै मन्दिरभित्र त कतै खुला ठाउँमा रहेका यस्ता मूर्तिहरुको अवस्था भने धेरै ठाउँमा दयनीय देखिन्छ । काठमाण्डौ उपत्यकामा रहेका थुप्रै मन्दिर र मूर्तिहरु संरक्षणकाे अभावमा रहेका देखिन्छन् ।
कतै रुख उम्रेर ढल्नै लागेको मन्दिर, पानीले खिइएका मूर्ति त कतै अबीर र अक्षताको असरले प्वाल परेका मूर्तिहरु भेटिन्छन् । कतै भने फोहर अनि झारैझारको बीचमा भगवानको मूर्ति देखिन्छन्।
कतिपय ठाउँमा रहेका मन्दिर र मूर्तिको सुरक्षाका लागि भने डण्डीको बार र चोरीबाट बचाउन काँडेतार टाँगिएकाे पनि भेटिन्छ। कहीँ मन्दिर परिसरमा पुनर्निर्माणका क्रममा टहरा बनाइएको देखिन्छ तर कतै डण्डी बाँधेर यत्तिकै छाडिएको देखिन्छ । तर, थुप्रै मन्दिर र मूर्तिहरुकाे संरक्षण साेचेअनुरुप हुन सकेकाे छैन ।
तस्बिर : न्यूज एजेन्सी नेपाल
च्यासल ढुङ्गेधारामा विभिन्न देविदेवताको मूर्तिहरु
लुभुको गणेश मन्दिर
बज्रबाराही मन्दिरभित्र रहेको मूर्तिहरु
पाटनको मच्छिन्द्र बहाल परिसरमा धर्मकीर्ति महाविहार
पाटनको खपिञ्चे सडकमै रहेका मूर्तिहरु
पाटनको कुटी सौगल पुखुमा महादेवको मूर्ति
पाटन सुन्धारामा पानीले खिइएको मूर्ति
थापाथलीमा रहेकाे जङ्ग हिरण्य हेम नारायण मन्दिर परिसरमा बनाइएका अव्यवस्थित टहरा
कुम्भेश्वर मन्दिर परिसरमा गरुड र नारायणकोे मूर्ति
लुभुकाे मन्दिर