नेप्से ९५ अङ्कले बढ्यो, २३ वटा कम्पनीकाे शेयरमा सर्किट, कारोबार रकम २ अर्ब रुपैयाँ नाघ्यो

 असार १२, २०७९ आइतबार १५:१४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार झन्डै ९५ अङ्कले बढेर हरियाली देखिएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ९४ दशमलव ९२ अङ्कले बढेर एक हजार नाै सय ५६ दशमलव ९८ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, विकास बैंक, बीमा, लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

लामो समयपछि आज कारोबार रकम पनि दुई अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । दुई सय ३० वटा कम्पनीकाे ६३ लाख ६३ हजार कित्ता शेयर दुई अर्ब १९ करोड ६१ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै कुमारी बैंक, हिमालयन डिष्टीलरी र ङादी ग्रुप पावर कम्पनीको आठ करोड रुपैयाँभन्दा धेरैका दरले कारोबार भयो ।

आज २३ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज पाँच वटा म्युचल फन्ड कम्पनीको शेयर मात्रै सामान्य घटेको छ । बाँकी दुई सय २५ वटा कम्पनीको शेयर बढेको छ ।  

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया