किएभको आवासीय क्षेत्रमा रुसी आक्रमण

 असार १२, २०७९ आइतबार १७:१०:६ | एजेन्सी
unn.prixa.net

तस्बिर : 'ब्याक एन्ड अलाइभ' बाट

रुसकाे आक्रमणविरुद्ध ऐक्यबद्धना जनाउन तथा युक्रेनलाई समर्थन गर्न जी–७ का नेताहरू जर्मनीमा छलफलमा जुटेका बेला आज आइतवार किएभकाे आवासीय एवम् आसपासको क्षेत्रमा डरलाग्दाे विस्फोट भएका छन् । 

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) शिखर सम्मेलनको तयारीमा रहेका नेताहरूलाई तर्साउने उद्देश्यले तीन हप्तापछि फेरि आक्रमण गरिएकाे युक्रेनकाे राजधानी किएभ नगरका प्रमुख भिटाली क्लिट्स्कोले बताउनुभएकाे छ । केही नगरवासीलाई बाहिर निकालिएको तथा दुई जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको क्षतिग्रस्त भवनको भ्रमण गरेपछि उनले बताए भग्नावशेषमा मानिस रहेका अनुमान गरिएको छ ।  

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घ र नाटोको भेलालाई सम्बोधन गर्ने अपेक्षा गरिएको बेला पोल्यान्डकाे सीमा नजिकका सहर शनिवार भएका आक्रमणबाट प्रभावित भएका थिए ।

आइतवारको आक्रमणको केही घण्टापछि जी–७ सदस्य क्यानडा, जापान र संयुक्त राज्य अमेरिकासँगै बेलायतले पनि मस्कोमाथि प्रतिबन्ध लगाउँदै उसको बहुमूल्य रत्न एवम् धातु निर्यात रोक्ने घोषणा गरेको छ । यो कदमले ‘रुसी कुलीन वर्गलाई प्रहार गर्ने र राष्ट्रपति भ्लादिमिर पुटिनको युद्ध संयन्त्रमा हान्ने’ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताउनुभएकाे छ ।  
बारभियन आल्पस्मा जारी बैठकपछि पश्चिमा गठबन्धनले मास्कोमाथि लगाइएका प्रतिबन्धहरूको प्रभावकारिताको समीक्षा गर्नुका साथै किएभका निम्ति सम्भावित सहायता तथा दीर्घकालीन पुनर्निर्माण योजनाबारे छलफल गर्नेछ । 

रुस–युक्रेन युद्ध पाँचौँ महिनामा प्रवेश गरेको छ । यस अवधिमा रुसी आक्रमणले पूर्वी डोनबास क्षेत्रका सहरको प्रतिरक्षामा जुटेकाहरूलाई कमजोर बनायो भने लुहान्स्क प्रान्तको झन्डै ९५ प्रतिशत र छिमेकी डोनेस्क प्रान्तको झन्डै आधा भागमा रुसी सेनाले कब्जा गरेकाे छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया