आवश्यक मल खरिद गरिसकेका छौँ, अभाव हुँदैन : मन्त्री भुसाल
जेठ २७, २०८० शनिबार
बर्दिया – भारतीय जङ्गलमा निहुरो टिप्न गएका बेला गोली लाग्दा एक जना नेपालीको ज्यान गएको छ ।
बर्दियासँग जोडिएको भारतीय सिमाना मुर्तीहाको जङ्गलमा निहुरो टिप्न गएका गुलरिया नगरपालिका ३ का ५४ वर्षीय हेमराज गोडियामाथि गोली प्रहार हुँदा ज्यान गएको प्रहरीले जनाएको छ ।
हिजो बिहीवार गोली लागेपछि भाग्दै घर नजिक आइपुगेका घाइते गोडिया केहीबेरपछि बेहोस हुनुभएको थियो । होसमा आएपछि फोन गरी आफन्तलाई खबर गरी आफन्तले उपचारका लागि गुलरिया अस्पतालमा लगेका थिए । उपचारकै क्रममा उहाँको आज शुक्रवार ज्यान गएको हो ।
भारतको वनरक्षकले गोली हानेको हुन सक्ने अनुमान गरिए पनि पुष्टि भएको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।