काम नलाग्ने नोट नष्ट गर्न पोखरामा 'बीएसबीएस' मेशिन

 असार १७, २०७९ शुक्रबार १९:३३:४३ | रासस
unn.prixa.net

कास्की – नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोट नष्ट गर्नका लागि पोखरामा बैंक नोट सेडिङ एन्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) मेशिन सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज शुक्रवार एक कार्यक्रमका 'स्विच अन' गरेर मेशिनकाे शुभारम्भ गर्नुभयो । 

यसअघिसम्म आगोको प्रयोगबाट जलाएर नोट नष्ट गर्ने गरिएकाेमा अब भने बीएसबीएस मेशिनकाे माध्यमबाट नोट नष्ट गरिनेछ । नष्ट गरिएका नोटबाट ब्रिकेट उत्पादन हुने जनाइएको छ ।

कार्यक्रममा गभर्नर अधिकारीले नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएकोे मेशिनका कारण वातावरणीय प्रदूषणमा पनि राहत पुग्ने बताउनुभयो । 

बैंकको कार्यलाई आधुनिक एवम् प्रविधियुक्त बनाउनका लागि बीएसबीएस मेशिनको प्रयोग उपयोगी बन्ने उहाँले बताउनुभयो । यसअघि प्रचलनमा आउन अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकाेमा बीएसबीएस मेशिनको प्रयोगबाट त्यसलाई स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने कार्यक्रममा जानकारी गराइयो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया