काठमाण्डाैकाे रङ्गिन गाेधूलि (फाेटाे फिचर)

 असार १८, २०७९ शनिबार १७:४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जब बेलुकी हुँदै जान्छ, काठमाण्डाैका उपत्यकाका आकाश रङ्गिन बन्न थाल्छन्। नीलो आकाशमा रातो अनि पहेलो रङ्ग भरिन्छ । आजभोलि सूर्यास्तसँगै काठमाण्डाैका गोधूलि साँझहरु रङ्गिन देखिन्छन् ।

सूर्योदय र सूर्यास्त हेर्न नगरकोट र सराङकोट धाउने काठमाण्डाै उपत्यकावासीले फुर्सद निकालेर घरकै कौसीमा बसेर गाेधूलि साँझकाे भरपुर आनन्द लिन सकिन्छ । हल्का बादल भएको बेला दक्षिणी क्षितिज पहेँलो अनि रातो हुन्छ । बादल फाटेको साँझ सूर्यास्त हेर्न रमाइलो हुन्छ ।

पछिल्लो समय निरन्तरको झरीकाे कारण प्रदूषण हटेको छ । सहरका अग्ला भूभाग भक्तपुर, कपनजस्ता ठाउँबाट बेलुकीको सूर्यास्त हेर्न सकिन्छ । दिउँसोको उज्यालो छँदै छ तर बेलुकाको गोधूलि उज्यालोमा पनि काठमाण्डौ उपत्यका त्यत्तिकै सुन्दर देखिन्छ । 

तस्बिर : न्यूज एजेन्सी नेपाल

अन्तिम अपडेट: बैशाख १०, २०८१

1 Comments

  • Shyam Adhikari

    July 2, 2022, 10:45 p.m.

    How beautiful view 😍😍 our Kathmandu

  •  0 Reply

तपाईको प्रतिक्रिया