खोटाङमा पहिरो जाँदा घर, गोठ र चौपाया पुरिए

 असार १८, २०७९ शनिबार ११:५४:१७ | दमन राई
unn.prixa.net

खोटाङ - लगातारकाे वर्षापछि गएकाे पहिराेले खाेटाङमा एक घर बगाउनुका साथै पशुचौपाया पुरेको छ ।

गएराति झण्डै पाँच सय मिटर माथिबाट खसेको पहिरोले रावाबेसी गाउँपालिका–६ हौँचुरका बलराम खत्रीको घर बगाएको हो ।

खत्री परिवार इटहरीमा सरिसकेकाले मानवीय क्षति भने नभएको वडाध्यक्ष चिरञ्जीवी कार्कीले बताउनुभयो । 

पहिरोले भैरबहादुर राईको गोठ बगाउँदा एउटा भैँसी, एउटा पाडो र एउटा बहर गोरु पुरिएको छ । भैंँसीलाई पहिरोबाट उद्धार गरेर निकालिएकाे तर बहर गोरु भने अहिलेसम्म फेला नपरेको वडाध्यक्ष कार्कीले बताउनु भयाे ।  

पहिरोका कारण भैरबहादुर राई, उद्योगबहादुर भुजेल, कृष्णबहादुर राई, पत्थरबहादुर राई, धनकुमार राई, वर्णबहादुर राई, हरि राई, पर्शुराम राई र प्रदीप राईको घर जोखिममा परेको छ । पहिराेभन्दा माथि घर भएका चित्रबहादुर कार्की र शुक्रराज राईको घर पनि जोखिममा परेको कार्कीले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया