कमरेड शब्द मलाई असाध्यै मनपर्छ : कमल थापा

 असार १८, २०७९ शनिबार १८:२१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताउनुभएको छ । 

शनिवार काठमाण्डौमा आयोजित कार्यक्रममा नेकपा मालेका पोलिटब्यूरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताउनुभएको हो । उहाँले आफूलाई कमरेड शब्द धेरै मनपर्ने तथा कमरेडकै रुपमा नेता श्रेष्ठलाई पार्टीमा स्थान दिने बताउनु भयो । 

अध्यक्ष थापाले राप्रपा नेपाललाई बलियो राष्ट्रवादी पार्टी बनाउने उद्घोष गर्नुभयो । उहाँले देशमा भइरहेको भ्रष्टाचारविरुद्ध लड्न खोज्ने व्यक्तिका लागि राप्रपा नेपाल सदैव साथमा रहेको र आफ्नो पार्टीमा आबद्ध हुन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कमरेड भन्ने शब्द मलाई पनि असाध्यै मन पर्छ । कमरेड भनेको साथी भनेको हो । मित्र भनेको हो । जोसँग भावना मिल्छ, संघर्ष गरिन्छ, त्यो कमरेड हो । कमरेड भन्नमा आपत्ति गर्नु पर्दैन । कुमार श्रेष्ठलाई कमरेड कुमार श्रेष्ठकै रुपमा सम्बोधन गर्न चाहन्छु ।’

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया