अर्थ मन्त्रीमा 'आई एम द स्टेट' भन्ने दम्भ देखियो : ओली

 असार २०, २०७९ सोमबार १३:५९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो आर्थिक वर्षको बजेट अब बजेट नरहेको बताउनुभएको छ । 

आज साेमवार संसदमा बोल्दै अध्यक्ष ओलीले बजेट बनाउँदाका सबैजसो मूल्य, मान्यता अर्थ मन्त्री जनार्दन शर्माले मिचेको भन्दै यसलाई बजेट भन्न अफ्ठेरो भएको बताउनुभयो । बजेट निर्माणको प्रक्रियामा नै मूल्य, मान्यता तोडिएको र अनधिकृत व्यक्ति प्रवेश गराएर करका दरमा अर्थ मन्त्रीको बेइमानी देखिएको ओलीको आरोप छ ।  

‘प्रमुख प्रतिपक्षी दल, संसद्को सबैभन्दा ठूलो दल संसदमा छ, संसदबाट हामीले सीसीटीभी फुटेज माग गर्‍याैँ तर अर्थ मन्त्रीले त को हो एमाले भन्ने जवाफ दिए, म नै राज्य हुँ, कसले के गर्न सक्छ भन्ने हिसाबले जवाफ आयो, यो कस्तो संसदीय प्रणाली हो ?’, ओलीले भन्नुभयो । उहाँले अर्थ मन्त्रीमा 'आई एम द स्टेट' भन्ने दम्भ पलाएको आरोप लगाउनुभयो । 

देशको अर्थतन्त्रको विरुद्ध अहिलेसम्म विश्वमै यस्तो विकृति कतै पनि नदेखिएको ओलीको दाबी छ । याे देशकाे नभइ व्यापारीकाे बजेट भएकाे उहाँकाे भनाइ थियाे । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया