इटलीमा ७० वर्षयताकै ठूलो खडेरी, पाँच वटा क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा

 असार २१, २०७९ मंगलबार ११:४८:९ | एजेन्सी
unn.prixa.net

इटलीका पाँच वटा क्षेत्रमा खडेरीका कारण आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । 

इमिलिया–रोमाग्ना, फ्रिउली–भेनेजिया जिउलिया, लोम्बार्डी, पिडमोन्ट र भेनेटोमा आपत्काल घोषणा गरिएको हो । याे उपत्यकालाई आवश्यक आपत्कालीन कोषको समेत घोषणा गरिएको छ ।

यो क्षेत्र इटलीको कृषि उत्पादनको झन्डै एक तिहाइ हो र ७० वर्षको सबैभन्दा खराब खडेरीबाट ग्रस्त बनेको छ ।

इटलीले यो वर्ष असामान्य गर्मीको लहर र खडेरीको सामना गरिरहेको छ । वर्तमान अवस्थालाई ध्यानमा राखेर प्रभावित नागरिकलाई राहत र सहायता प्रदान गर्नु आपत्कालीन अवस्थाको उद्देश्य रहेको सरकारले जनाएको छ । 

खडेरी सामना गर्न सरकारले थप कदम चाल्न सक्ने र गर्मी मौसमको तापलहरले स्थानीयलाई समस्या भएको समाचार संस्था रोयटर्सले जनाएको छ । 

आपत्कालीन अवस्था घोषणाबाट क्षतिको क्षतिपूर्ति र सार्वजनिक सुरक्षाको ग्यारेन्टी गर्न सहयोग पुग्ने अपेक्षा छ । 

खडेरीकै कारण विद्युत् उत्पादनमा ह्रास आएको छ । जलविद्युत् प्लान्टहरु प्रायः उत्तरी क्षेत्रमा छन् र राष्ट्रिय ऊर्जा उत्पादनको झन्डै २० प्रतिशत योगदान पुर्याएका छन् ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया