भारतका होटल, रेस्टुरेन्टमा सर्भिस चार्ज लिन प्रतिबन्ध

 असार २१, २०७९ मंगलबार १४:३६:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एएनआई

भारतका होटल, रेस्टुरेन्टहरूमा 'सर्भिस चार्ज' अर्थात् सेवा शुल्क लिन प्रतिबन्ध लगाइएको छ । सेवा शुल्क तिर्न बाध्य पारिएकोबारे ग्राहकको गुनासो बढेपछि भारतको उपभोक्ता संरक्षण प्राधिकरणले सेवा शुल्क लिन प्रतिबन्ध लगाएको हो । 

भारतमा होटल, रेस्टुरेन्टहरूले सेवा शुल्कको नाममा ग्राहकको बिलमा ५ देखि १५ प्रतिशत रकम थप्ने गरेका छन् । अब मूल्यसूचीबाहेक अतिरिक्त रकम जोड्ने नपाइने व्यवस्था भएको बीबीसीले जनाएको छ । 

प्राधिकरणले जारी गरेको नयाँ आचारसंहितामा अब होटल, रेस्टुरेन्टहरूमा प्रवेश गर्दा वा सेवा लिँदा ग्राहकको सहमतिविना अतिरिक्त शुल्क तथा टिप्स लिन पनि रोक लगाइएको छ । यसअघि सन् २०१७ मै होटल, रेस्टुरेन्टहरूमा ग्राकहले सरकारी करसहित मेनु कार्डमा उल्लेख भएको रकमबाहेक अरू शुल्क तिर्न नपर्ने व्यवस्था गरेको थियो । तर अहिले पनि सबैजसो होटल, रेस्टुरेन्टहरूमा सर्भिस चार्जको नाममा अतिरिक्त शुल्क जोडिने गरेको छ । 

यस्तै प्राधिकरणले होटल, रेस्टुरेन्टहरूलाई आफ्ना कर्मचारीलाई उचित पारिश्रमिक दिन पनि भनेको छ । 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया