अमेरिकामा स्वतन्त्रता दिवस परेडमा गोली चल्दा ६ जनाको ज्यान गयो, ३६ घाइते

 असार २२, २०७९ बुधबार ८:११:५८ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

अमेरिकामा स्वतन्त्रता दिवस परेडमा गोली चल्दा ६ जनाको ज्यान गएको छ । अमेरिकाको इलिनोइस राज्यको हाइल्याण्ड पार्कमा राष्ट्रिय झण्डा फहराइरहेका नागरिकमाथि घरको छतमा बसिरहेका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ३६ जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । गोली चलेपछि कार्यक्रम स्थगित गरिएको थियो । गोली चलाउने व्यक्ति रोबर्ट ई क्रिमो तृतीयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सन् १७७६ मा बेलायतबाट स्वतन्त्र भएको अवसरमा अमेरिकी उपनिवेशहरुले हरेक वर्ष जुलाई ४ मा स्वतन्त्रता परेड गरी राष्ट्रिय दिवस मनाउने गर्छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाबाट आफू स्तब्ध भएको बताउनुभएको छ ।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया