विदेशमा शरण खोज्ने चिनियाँ नागरिकको संख्या बढ्दो

 असार २२, २०७९ बुधबार ९:७:२९ | एजेन्सी
unn.prixa.net

विदेशमा शरण खोज्ने चिनियाँ नागरिकको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षदेखि चीनबाट शरण खोज्नेहरूको सङ्ख्या बढ्दै गएको गैरसरकारी संस्था सेफगार्ड डिफेन्डर्सले विश्लेषणसहित प्रकाशन गरेको तथ्याङ्कमा उल्लेख छ ।

कोरोना महामारी विरूद्ध चीनको शून्य नीति र अन्य प्रतिबन्धका बाबजुद शरण खोज्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । सन् २०१२ यता झण्डै सात लाख ३० हजार चिनियाँ नागरिकले विदेशमा शरण मागेका प्रतिवेदनलाई उल्लेख गरी समाचार संस्था एएनआईले जनाएको छ । शरण माग्ने ती नागरिकमध्ये एक लाख ७० हजारभन्दा धेरैले चीन बाहिर शरणार्थीका रूपमा जीवन यापन गरिरहेका छन् ।

विदेशमा शरण खोज्ने चिनियाँका लागि अमेरिका पहिलो रोजाईँमा परेको छ । सन् २०२१ मा अमेरिकाले ८८ हजार ७ सय २२ चिनियाँ नागरिकको आवेदन स्वीकार गरेको छ । त्यस्तै अष्ट्रेलियाले १५ हजार ७ सय ७४ शरणार्थीलाई लिएको सेफगार्ड डिफेन्डर्स संस्थाको प्रतिवेदनमा उल्लेख छ । क्यानडा, ब्राजिल, दक्षिण कोरिया र बेलायतमा पनि शरण लिन आवेदन दिनेहरु रहेका छन् ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया