बाजुराको बुढीगंगामा भोलि हुने मतदानको तयारी पूरा

 असार २२, २०७९ बुधबार ११:५०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बाजुराको बुढीगंगा नगरपालिकामा भोलि हुने मतदानको तयारी पूरा भएको छ । बुढीगंगामा गएको बैशाख ३० गते भएको पालिका चुनावमा मतदान निष्पक्ष नभएको भन्दै निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

७ सय ५३ पालिकामध्ये बुढीगंगाबाहेक अरु सबै पालिकामा जनप्रतिनिधि चुनिएका छन् । बुढीगङ्गा नगरपालिकाका निर्वाचन अधिकृत लक्ष्मणबहादुर कठायतका अनुसार भोलि हुने मतदानमा खटिने कर्मचारी मतपत्रसहित मतदान केन्द्रमा पुगिसकेका छन् ।

बुढीगङ्गा नगरपालिकाका दश वडामा दश मतदानस्थल र १९ मतदान केन्द्र छन् । यो पालिकामा १३ हजार पाँच सय मतदाता रहेका छन् । १९ मतदान केन्द्रमा गरी १ सय ५० जना कर्मचारी खटिएको निर्वाचन अधिकृत कठायतले बताउनुभयो । मतदानका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको गरी तीन घेरामा सुरक्षाकर्मी परिचालन हुनेछन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया