७ करोड ६० लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलामीमा !

 असार २२, २०७९ बुधबार १७:४८:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : द वाशिङ्टन टाइम्स

झन्डै सात करोड ६० लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलाम हुने भएको छ । यसै महिना न्युयाेर्क महानगरमा त्यसको लिलामी हुने लिलाम गृह सोथेबीले घोषणा गरेको छ । 

झन्डै सात करोड ६० लाख वर्ष अगाडि पृथ्वीमा विचरण गरेको ठानिएको टि रेक्ट प्रजातिको डाइनोसरको १० फिटो अग्लो २२ फिट लामो अस्थिपञ्जर आउँदाे साउन १२ गते लिलाम गरिने सोथेबीका प्रमुख क्यासान्ड्रा ह्याटनले बताएका छन् । 

सोथेबीका प्रमुख ह्याटनका अनुसार त्याे कङ्काल ५० देखि ८० लाख अमेरिकी डलरमा लिलाम हुने अनुमान गरिएको छ । आफूले जीवनमा त्यस्तो अद्भूत वस्तुको लिलामी पहिलाे पटक गर्न लागेको बताउँदै उनले डाइनोसरको एउटामात्र अस्थिपञ्जर निजी स्वामित्वका निम्ति लिलाम गरिने जनाए । याे अस्थिपञ्जर सन् २०१८ मा मोन्टाना नजिक जुडिथ नदीमा भेटिएको थियो । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया