बेलायतमा राजीनामा दिने मन्त्रीको सङ्ख्या ८ जना पुग्यो, प्रधानमन्त्रीप्रति भराेसा नभएकाे भनाइ

 असार २२, २०७९ बुधबार १९:५२:४९ | एजेन्सी
unn.prixa.net

बेलायती प्रधानमन्त्री जाेनसन, तस्बिर : एजेन्सी

बेलायतमा राजीनामा दिने मन्त्रीको सङ्ख्या आठ जना पुगेको छ । अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिएपछि सुरु भएको राजीनामा शृङ्खला बढ्दै आठ जना पुगेको बीबीसीले जनाएको छ । 

राजीनामा दिएका मन्त्रीहरूले सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन् । तर प्रधानमन्त्री बोरिस जोनसनलाई बुझाएको भनिएको राजीनामा पत्र सार्वजनिक भएको छ । जसमा प्रधानमन्त्री जोनसानको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरिएको छ । सुरुमा राजीनामा दिने अर्थमन्त्री ऋषि सुनकले बुझाउनुभएको राजीनामामा प्रधानमन्त्रीप्रति भरोसा नभएको र सरकारमा विश्वास गुमेको उल्लेख छ । 

सन् २०२० को फेब्रुअरीदेखि अर्थमन्त्रीको जिम्मेवारीमा रहेका सुनक कन्जर्भेटिभ पार्टीको भविष्यका नेताका रूपमा समेत चर्चामा हुनुहुन्छ । उहाँले राजीनामा पत्रमा सरकारले राष्ट्रहितमा काम नगरेको भन्दै सरकारले गम्भीरतापूर्वक काम गरोस् भन्ने नागरिकको चाहना रहेको उल्लेख गर्नुभएको छ । 

यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो नेतृत्व अस्वीकार गर्दै मन्त्रीहरूले राजीनामा दिइरहे पनि आफू पदबाट नहट्ने बताउनुभएको छ । उहाँले सन् २०१९ को चुनावले दिएको जनादेश आफूसँग रहेको भन्दै मन्त्रीहरूकाे परिवर्तनले जनादेश नगुम्ने बताउनुभएको बीबीसीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया