रुसलाई हराउने दुस्साहस राख्नेलाई युद्ध मैदानमा स्वागत गर्न तयार छाैँ : पुटिन

 असार २४, २०७९ शुक्रबार ९:५७:३९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशको उक्साहटमा लागेर युक्रेनले आफ्नै अस्तित्व खतरामा पारिरहेको बताउनुभएको छ । 

इन्डोनेसियामा सुरु भएको जी-२० का देशहरुको सम्मेलनकै समयमा मस्कोमा सांसदहरुको भेलालाई सम्बोधन गर्दै पुटिनले युरोपेली देश र अमेरिका  लगायतका देशको उक्साहटकै कारण युक्रेनले आफ्नो अस्तित्व गुमाउँदै गएको र आउँदा दिन झनै दु:खदायी हुने पनि चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । 

युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले एकजना मान्छे मात्रै रहँदासम्म पनि पछि नहट्ने बताएको उल्लेख गर्दै रुसी राष्ट्रपति पुटिनले यस्तो जिद्दी युक्रेनी नागरिकको लागि त्रासदीपूर्ण भएको पनि बताउनुभएको छ । 

सम्बोधनका क्रममा पश्चिमा देशप्रति आक्रामक देखिएका पुटिनले यदि कसैले रुसलाई हराउने दुस्साहस राख्छ भने उसलाई युद्धको मैदानमा स्वागत गर्न तयार रहेको पनि बताउनुभएको छ । 

गएको फेब्रुअरी अन्तिमदेखि रुसले युक्रेनमा आक्रमण थालेपछि पश्चिमा देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाउनुका साथै युक्रेनलाई आर्थिक तथा सैन्य सामग्री सहयोग गरिरहेका छन् । तर पनि रुसले युक्रेनका थुप्रै महत्त्वपूर्ण क्षेत्र कब्जामा लिइसकेको छ । 

रुसले अहिले पूर्वी युक्रेनको खार्किभ लगायतका क्षेत्रमा आक्रमण तीव्र पारेको छ । इन्डोनेसियामा सुरु भएको जी-२० देशका नेताहरुको बैठकमा रुसका विदेशमन्त्री सर्गेइ लाभरोभ पनि सहभागी हुनुभएको छ । 

रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमा देशले रुससँग कुटनीतिक वार्ता नगरेको अवस्थामा अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटली, बेलायत लगायतका देशका विदेशमन्त्रीसहितको जी-२० को सम्मेलनलाई महत्त्वकासाथ हेरिएको छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया