भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
मंसिर ९, २०८१ आइतबार
जापानका पूर्व प्रधानमन्त्री सिन्जाे आबेमाथि गोली प्रहार भएको छ ।
नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको जापानको एनएचके टीभीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
आक्रमणकारीले आबेलाई दुई पटक गोली प्रहार गरेका थिए । गोली लागेर ढलेका आबेलाई सुरक्षाकर्मीले तत्कालै खुला ठाउँमा लगेका थिए । केहीबेरपछि एअर एम्बुलेन्सबाट अस्पताल लगिएको र उहाँको होस् आउन नसकेको समाचारमा उल्लेख छ ।
प्रहरीले गोली प्रहार गर्ने ४१ वर्षका एक पुरुषलाई पक्राउ गरेको छ । जापानमा गोली प्रहारका घटना निकै कम हुने गरेको अवस्थामा पूर्व प्रधानमन्त्रीमाथि नै आक्रमण हुनुलाई निकै गम्भीरताका साथ लिइएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
जापानमा हाते बन्दुक र पेस्तोलमाथि प्रतिबन्ध छ । ६७ वर्षका सिन्जाे आबे जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने नेता हुनुहुन्छ । सन् २००६ देखि २००७ सम्म र सन् २०१२ देखि २० सम्म गरी ९ वर्षभन्दा लामो समय उहाँ जापानको प्रधानमन्त्री बन्नुभएको छ ।
सन् २०२० मा स्वास्थ्यमा समस्या देखिएपछि उहाँले पद छाड्नुभएको थियो । युद्धपछिको जापानलाई समृद्ध बनाउन र सुनामीले ध्वस्त बनाएका संरचना पुनर्निर्माण गर्न उहाँको ठूलो भूमिका रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।