मान्छेकै कारणले नाङ्गिएको वन र बस्ती (फोटोफिचर)

 असार २५, २०७९ शनिबार १२:२९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्राकृतिक श्रोतमाथिका दोहनले प्रकृति त कुरुप बन्छ नै, प्राणीहरुको पनि अस्तित्व सकिन्छ । किनकि प्रकृति नै नरहे मानिस र मानवताको अर्थ रहँदैन । 

चुरे, नदीनाला, वन, वातावरणको दोहनका कारण अहिलेको समाज रङ हराएको समाजमा परिणत भएको छ । देशका मुख्य सहरको त कुरै छोडौँ गाउँका वन, जङ्गलहरु पनि उजाड छन् । प्राकृतिक श्रोतको दोहनका कारण नै देशले अहिले जलवायु परिवर्तनजन्य विपद्को सामना गरिरहेको छ । 

समग्रमा भन्दा प्राकृतिक श्रोतहरु मासिँदै छन् । काठमाण्डौ उपत्यकाको त कुरा नै गर्नु पर्दैन । हराभरा त छैन नै टाढा डाँडाकाँडा र वनजङ्गलहरुको समेत दोहन भइरहेको छ । ललितपुरको टीकाभैरव, नल्लु, देविचौर र लेले क्षेत्रलाई यसको नमुनाका रुपमा लिन सकिन्छ । यहाँका वनजङ्गलभित्र पनि ढुङ्गा खानी र क्रसर उद्योगले वन फँडानी हुँदा उजाड छन् । यहाँबाट उभिएर हेर्दा डाँडापाखा पहिरोले बगाएझैँ विरक्त देखिन्छन् ।  

बस्ती बाढीले बगाएको बगरजस्तो छ । वर्षौँ अघिदेखि चल्दै आएका ढुङ्गा खानी र क्रसर उद्योगले यहाँको यस्तो हालत भएको हो । खानीले खोतलेको पहाडमा पछिल्लो समय अनगिन्ती पहिरो जाँदा जङ्गल मासिएको छ । तर पनि स्थानीय सरकार भने मौन छ ।

सरकार, समाज र सरोकारवाला निकाय सबै मिलेर प्रकृतिको संरक्षण नगर्ने हो भने भावी दिनमा हराभरा भूमि बाँझो र कङ्क्रिट बन्ने अवस्था सिर्जना नहोला भन्न सकिँदैन ।

तस्बिर : न्युज एजेन्सी नेपाल

टीकाभैरव खानी

टीका भैरव खानी

टीका भैरव क्रशर उद्याेग

शङ्खु खाेला 

महादेव खाेला

महादेव खाेला

डुकुछाप

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया