पूर्व प्रधानमन्त्री आबेको सुरक्षामा कमजोरी भएको जापान प्रहरीद्वारा स्वीकार

 असार २६, २०७९ आइतबार ८:४८:४९ | एजेन्सी
unn.prixa.net

जापानको दक्षिणी सहर नारामा शुक्रवार गोली हानी मारिएका पूर्व प्रधानमन्त्री शिन्जो आबेको सुरक्षामा कमजोरी रहेको जापानको प्रहरीले स्वीकार गरेको छ ।

नाराका प्रहरी प्रमुख तोमोआकी ओनिजुकाले सुरक्षामा समस्या भएको कुरालाई स्वीकार गरेका बीबीसीले जनाएको छ । एक राजनीतिक अभियान कार्यक्रममा आबेमाथि गोली हानिएको थियो । घटनापछि जापान शोकमा डुबेको छ । त्यहाँ आज माथिल्लो सदनका लागि मतदान सुरु भएको छ । चुनावी सभामा सम्बोधन गरिरहेका बेला आबेलाई ४१ वर्षका पुरुषले गोली हानेका थिए ।

आबेको पार्थिव शरीरलाई गृहनगर टोकियोमा राखिएको छ । उहाँको पर्सि मङ्गलवार अन्त्येष्टि गर्ने तयारी छ । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले घरमै पुगेर पूर्वप्रधानमन्त्रीको पार्थिव शरीरमा श्रद्धासुमन अर्पण गर्नुभएको छ । साथै उहाँले पूर्व प्रधानमन्त्री आबेकी पत्नीलाई भेटेर समवेदना व्यक्त गर्नुभएको छ ।

विश्वका शीर्ष नेताहरुले पनि आबे परिवारप्रति सहानुभूति प्रकट गरेका छन् । पक्राउ परेका पुरुषमाथि छानबिन चलिरहेको छ ।
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया