श्रीलङ्काका राष्ट्रपति राजपाक्षेद्वारा राजीनामा दिने घोषणा : प्रदर्शनकारी खुसीयाली मनाउँदै

 असार २६, २०७९ आइतबार १०:४०:१२ | एजेन्सी
unn.prixa.net

श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजपाक्षेले राजीनामा दिने घोषणा गरेपछि प्रदर्शनकारीले खुसीयाली मनाएका छन् ।

राजीनामा दिने राष्ट्रपतिको घोषणापछि सहरमा खुसीयालीसहित आतसबाजी गरिएको छ । उहाँले आउँदो बुधवार राजीनामा दिने जानकारी गराउनुभएको छ ।

प्रधानमन्त्री रनिल विक्रमासिङ्गे यसअघि नै राजीनामा दिन सहमत हुनुभएको थियो । हिजो ठूलो सङ्ख्यामा राजधानी कोलम्बोमा जम्मा भएका प्रदर्शनकारी राजपाक्षेको निवासमा पुगेरै राजीनामा माग गरेका थिए । हिजोको घटनालगत्तै अमेरिकाले श्रीलङ्काली नेतृत्वलाई देशको आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न आह्वान गरेको बीबीसीले जनाएको छ ।

प्रदर्शनअघि नै राष्ट्रपति राजपाक्षेले निवास छोड्नुभएको थियो । अमेरिकाले प्रदर्शनकारीमाथि कुनै पनि आक्रमण नगर्न पनि अनुरोध गरेको छ । श्रीलङ्काले खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ । दक्षिण एसियाली टापु देशले भोगिरहेको यो सङ्कट विगत ७० वर्षयताकै सबैभन्दा खराब हो ।

विदेशी मुद्राको सञ्चिति रित्तिएपछि पेट्रोल र डिजल बेच्न रोकिएको छ । मानिसहरू इन्धनका लागि कयौँ दिनसम्म लाइन लाग्न बाध्य छन् । महामारी, बढ्दो ऊर्जा मूल्य अनि लोकप्रियतावादी कर छुटजस्ता कारणहरूले गर्दा श्रीलङ्काको अर्थतन्त्र सङ्कटमा परेको देखिन्छ ।
 

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया