शान्ति कायम राख्न श्रीलङ्काका सेना प्रमुखको आग्रह, राष्ट्रपतिको अवस्था अझै ‘अज्ञात’

 असार २६, २०७९ आइतबार १६:४१:४३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी, फाइल फाेटाे

श्रीलङ्काका सेना प्रमुख शवेन्द्र सिल्भाले शान्ति कायम राख्न आग्रह गर्नुभएको छ । हजारौँ प्रदर्शनकारीले हिजो शनिवार राष्ट्रपति गोटाबाया राजापाक्षेकाे निवास कब्जा गरेका थिए भने प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको निजी निवासमा आगाे लगाएका थिए । हिजोको घटनापछि आज आइतवार श्रीलङ्काको राजधानी कोलम्बो शान्त देखिएको छ तर हिँसा भड्किन सक्ने त्रास कायमै रहेको छ । 

सेना प्रमुख सिल्भाले छिटै सबै कुराको समाधान निस्कने आसा गर्दै समस्या बढाउने नभइ कम गर्नेतर्फ सोच्न प्रदर्शनकारीलाई आग्रह गर्नुभएको एनडीटीभीले जनाएको छ । यस्तै प्रमुख विपक्षी दल समागी जन बालवेगया (एसजेबी) ले पनि नागरिकलाई शान्त रहन अपिल गरेको छ । 

यसैबीच  श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे कहाँ हुनुहुन्छ भन्ने अझै खुलेको छैन । हिजो हजारौँ प्रदर्शनकारीले राष्ट्रपति निवास घेर्नुअघि नै सेनाले उहाँलाई निवासबाट सुरक्षित स्थानमा लगेका थिए । उहाँ सुरक्षाकर्मीका गाडीको 'स्कर्टिङ' मा विमानस्थल पुगेको र विमानमा बन्दोबस्तीका सामान राखेको देखिएको खबरमा उल्लेख छ । तर सामाजिक सञ्जालमा देखिएका केही भिडिओमा उहाँ पानी जहाजमा गएको गएको देखिएको छ । 

राष्ट्रपति राजापाक्षे श्रीलङ्कामै हुनुहुन्छ या विदेश जानुभयो भन्ने केही खुलेको छैन । उहाँ सभामुख महिन्दा यापा अबेवर्धनासँग मात्रै सम्पर्कमा हुनुहुन्छ र आउँदो बुधवार राजीनामा दिने खबर पुर्‍याउनुभएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया