रुसी ग्यास जर्मनीमा आपूर्ति हुँदै आएको बाल्टिक सागर पाइपलाइनबाट १० दिनका लागि आपूर्ति बन्द

 असार २८, २०७९ मंगलबार ७:११:३० | एजेन्सी
unn.prixa.net

रूसी ग्यास जर्मनी जाने बाल्टिक सागर पाइपलाइन नोर्ड स्ट्रीम–वनबाट १० दिनका लागि आपूर्ति बन्द भएको छ । यो पाइपलाइनको रूसी–ग्यास कम्पनी ग्याजप्रोमले वार्षिक तालिकाअनुसार मर्मतसम्भारका लागि बन्द गरिएको जनाएको छ । यद्यपि, जर्मनीले दबाबका लागि राजनीतिक रूपले आपूर्ति बन्द गरिएको टिप्पणी गरेको छ ।

यूक्रेनसँगको युद्धका कारण रुसमाथि ईयूले लगाएको प्रतिबन्धको प्रतिक्रियामा रुसले ग्यासलाई अस्त्रका रूपमा प्रयोग गरेको आरोप छ । यसअघि नै ग्यास आपूर्ति साबिकमा हुदै आएकोमध्ये ४० प्रतिशत मात्रै हुने गरेको थियो । ग्यास पाइपलाइन पूर्ण रुपमा बन्द भएमा जाडो यामका लागि जोहो गर्न बनाइएका भण्डार खाली हुनेछन् ।

पाइपलाइन बन्द हुँदा इटालीलाई पनि असर परिरहेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी प्रमुखले रुसले पूरै युरोपमा ऊर्जा कटौती गर्नसक्ने भन्दै त्यसका लागि युरोप तयार हुनुपर्ने बताएका बीबीसीले जनाएको छ ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया