६८ प्रतिशत कर्जा घरजग्गा धितोमा, कृषि क्षेत्रको कर्जा २० प्रतिशतले बढ्यो

 असार २८, २०७९ मंगलबार १२:२९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा जाने कर्जा १३ दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको जेठमा कर्जा प्रवाह २४ दशमलव ९ प्रतिशतले बढेको थियो ।

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १३ दशमलव १ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १४ दशमलव ७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २९ प्रतिशतले बढेको छ । जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुकोलगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव ८ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२ दशमलव ३ प्रतिशत कर्जा चालु सम्पत्तिको धितोमा प्रवाह भएको छ ।

गएको वर्षको जेठ मसान्तमा घरजग्गा धितोमा ६५ दशमलव ७ प्रतिशत र चालु सम्पत्तीमा १३ प्रतिशत धितोमा कर्जा प्रवाह भएको थियो । यस्तै, चालु आर्थिक वर्षको एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २० दशमलव १ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९ दशमलव ६ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२ दशमलव ६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४ दशमलव ६ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५ प्रतिशतले बढेको छ ।
 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • binod yadav

    July 12, 2022, 5:05 p.m.

    Good

  •  0 Reply

तपाईको प्रतिक्रिया