काठमाण्डौको उत्तरी क्षेत्रमा मुहान भएका नदी, खोलामा पानीको सतह बढ्याे

 असार २८, २०७९ मंगलबार १६:४९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको उत्तरी क्षेत्रमा मुहान भएका नदी तथा खोलामा पानीको सतह बढेको छ । अहिले काठमाण्डौको केही ठाउँमा ठूलो पानी परेकोले नदी तथा खोलामा पानीको सतह बढेको हो । विषेशगरी उत्तरी काठमाण्डौमा ठूलो पानी परिरहेको छ । पानीका कारण उपत्यकाका विष्णुमती, शेषमती, धोबीवीखोला मनोहरा लगायतका नदी तथा खोलामा पानीको सतह बढेको छ ।

पानीको सतह बढेपछि खोला किनारमा बसोबास गरेका बस्तीभित्र बाढीको जोखिम बढेको छ । मौसम पूर्वानुमान महाशाखाले नदी किनारमा बसोवास गर्नेलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

यसैबीच अहिले काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेश र प्रदेश नम्बर १ को आकाश पनि बादलले ढाकेको छ । स्थानीयरूपमा उत्पन्न भएको छुट्टाटुट्टै प्रणालीले बाग्मती प्रदेश र प्रदेश नम्बर १ को आकाश कालो भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । केहीबेर पानी परिसकेपछि भने बादल हट्ने उहाँले बताउनुभयो ।

यी दुई प्रदेशमा आज राति पनि पानी पर्ने सम्भावना छ । प्रदेश नं १, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई ठाउँमा ठूलाे पानी पर्ने सम्भावना रहेको माैसमविद् मानन्धरले बताउनुभयो । पहाडी भू–भागमा भू–क्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको उहाँले बताउनुभयाे । नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन, यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया