इटलीका प्रधानमन्त्री मारियो द्राघीद्वारा राजीनामा

 असार ३१, २०७९ शुक्रबार ७:१८:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : बीबीसी

इटलीका प्रधानमन्त्री मारियो द्राघीले राजीनामा दिनुभएको छ।

सबैभन्दा बलियो सत्ता साझेदार रहेको लोकतान्त्रिक गठबन्धनको फाइभ स्टार पार्टीले द्राघीलाई लिएको समर्थन फिर्ता लिएसँगै उहाँले अल्पमतमा परेर राजीनामा दिनुभएको बीबीसीले जनाएको छ।

युरोपेली केन्द्रीय बैंकका पूर्व प्रमुख समेत रहेका द्राघी फाइभ स्टार पार्टीको समर्थनमा गएको वर्ष प्रधानमन्त्री बन्नुभएको थियो । तर राष्ट्रपति सर्जियो माटारेल्लाले द्राघीको राजीनामा स्वीकृत गर्न अस्वीकार गर्नुभएको छ।

देश धेरै सङ्कटको बीचबाट गुज्रिरहेको भन्दै आउँदो राजनीतिक चित्रको स्पष्ट सङ्केत संसद्ले नदिएसम्म आफूले राजीनामा स्वीकृत नगर्ने राष्ट्रपति माटारेल्लाको अडान छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया