श्रीलङ्काका राष्ट्रपति राजापाक्षेकाे राजीनामा स्वीकृत, नयाँ राष्ट्रपतिको चुनावका लागि संसद् बैठक आह्वान

 असार ३१, २०७९ शुक्रबार १२:२३:१४ | एजेन्सी
unn.prixa.net

श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजपाक्षेको राजीनामा स्वीकृत भएको छ । श्रीलङ्काका सभामुख महिन्दा यापा अबेवर्दनाले राजपाक्षेको राजीनामा स्वीकृत भएको बताउनु भएको छ ।

सभामुख अबेवर्दनाले अब प्रधानमन्त्री रनिल विक्रमासिङ्घे अन्तरिम राष्ट्रपति बन्ने र आज उहाँकाे शपथ ग्रहण हुनसक्ने बताउनु भएको छ । यस्तै, नयाँ राष्ट्रपतिको चुनावका लागि भोलि संसद् बैठक आह्वान गरिएको पनि उहाँले बताएका बीबीसीले जनाएको छ ।

सभामुखले आन्दोलनकारीलाई संयमित र शान्त हुन पनि आग्रह गर्नु भएको छ । यसैबीच, श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरसिङ्घेले देशमा स्थिर सरकार नबने श्रीलङ्का असफल राष्ट्र बन्ने चेनावनी दिनु भएको छ ।  

पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको आपूर्ति गर्न नसक्ने अवस्थामा देश असफल हुने भन्दै गभर्नर वीरसिङ्घेले तत्काल स्थिर सरकार र चुस्त प्रशासन पुनर्बहाली गर्नेतर्फ राजनीतिक कर्मीहरूको ध्यान जानुपर्ने बताउनु भएको छ। 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया