श्रीलङ्काका पूर्वप्रधानमन्त्री र पूर्व अर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध

 असार ३१, २०७९ शुक्रबार १९:२५:१२ | एजेन्सी
unn.prixa.net

श्रीलङ्काका पूर्वप्रधानमन्त्री र पूर्व अर्थमन्त्री

श्रीलङ्काकाे सर्वाेच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व अर्थमन्त्री बासिल राजपाक्षेलाई देश छाड्न प्रतिबन्ध लगाएकाे बीबीसीले जनाएकाे छ । 

बासिल राजापाक्षेले केही दिनअघि श्रीलङ्का छाडेर जाने प्रयास गर्नुभएकाे थियाे तर विमानस्थलका कर्मचारीले उहाँले विमानसम्म जान दिएका थिएनन् । त्यसपछि श्रीलङ्काकाे सर्वाेच्च अदालतले दुवै नेतालाई जुलाई २८ सम्म देश छाडेर जान प्रतिबन्ध लगाएकाे हाे ।

यसअघि श्रीलङ्काका पूर्वराष्ट्रपति गाेटाबाया राजापाक्षे देश छाडेर सिङ्गापुर पुगिसक्नुभएकाे छ । उहाँले सिङ्गापुरबाटै इमेलकाे माध्यमबाट राजीनामा दिनुभएकाे छ । 

सिङ्गापुर सरकारले गाेटाबाया राजापाक्षे त्यहाँ आइपुगेपछि लागेकाे आराेपहरूकाे खण्डन गर्नका लागि स्पष्टीकरण नै जारी गरेकाे छ । राजापाक्षेलाई कुनै राजनीतिक शरण दिएकाे नभइ उनी व्यक्तिगत भ्रमणका क्रममा त्यहाँ आइपुगेका जनाएकाे छ । 

यसैबीच श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले अन्तरिम राष्ट्रपतिकाे रूपमा शपथ लिनुभएकाे छ । अन्तरिम राष्ट्रपति पदकाे शपथ लिँदै रनिल विक्रमासिङ्घेले दुई वटा महत्त्वपूर्ण घाेषणा गर्नुभएकाे छ । राष्ट्रपतिलाई सम्बाेधन गर्न ‘महामहिम’ शब्द निषेधित गरेकाे र राष्ट्रपतिकाे झण्डा हटाउने निर्णय गरेकाे उहाँले विज्ञप्तिमा भन्नुभएकाे छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया