मर्स्याङ्दी करिडोर अन्तर्गत उदिपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइनको काम सुस्त

 असार ३२, २०७९ शनिबार ११:२५:१३ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

लमजुङ - लमजुङमा मर्स्याङ्दी करिडोर अन्तर्गत बन्दै गरेको २ सय २० केभी उदिपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण कार्य सुस्त देखिएको छ ।

जेठमा नै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म ६० प्रतिशत मात्रै आयोजना निर्माणको काम अगाडि बढेको हो । अझै ४० प्रतिशत काम बाँकी छ ।  विभिन्न प्राविधिक कारणले गर्दा आयोजना निर्माणमा ढिलाइ भएको आयोजनाका उदिपुर–भरतपुरका डिभिजन प्रमुख नारायण रेग्मीले बताउनुभयो ।

७६ किलोमिटर दूरी रहेको लमजुङको उदिपुरदेखि चितवनको भरतपुरसम्म प्रसारण लाइन पुर्याउन १ सय ९३ वटा टावर आवश्यक पर्ने आयोजनाले जनाएको छ  ।  यीमध्ये अहिलेसम्म  १८ वटा टावर निर्माण भइसकेको छ भने ५५ वटा टावरको जग तयार गर्ने काम भइरहेको आयोजना प्रमुख रेग्मीले बताउनुभयो ।

त्यो टावरमध्ये लमजुङतर्फ ४५ र तनहुँतर्फ १० वटा टावर उठाउने काम भइरहेको छ । अठार वटा खडा भएको टावरमध्ये १७ वटा उदिपुरदेखि मध्मर्स्याङ्दी र एउटा लमजुङकै फूलबारीमा निर्माण भइसकेको छ । त्यस्तै लमजुङ उदिपुर र भरतपुरमा गरी दुई वटा सबस्टेशन पनि निर्माण भइरहेको आयोजनाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया