पोखरा महानगरद्वारा निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउँदै

 साउन ३, २०७९ मंगलबार ८:३३:२८ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

कास्की - पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयलाई सार्वजनिक शौचालयका रुपमा उपयोगमा ल्याउने भएको छ ।

पर्यटकीय सहर पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा पर्यटकसँगै हिँडडुल गर्नेलाई सास्ती भएको भन्दै  महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको हो ।

महानगरले सार्वजनिक सूचना निकालेर शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा निवेदन दिन आग्रह गरेको छ । सार्वजनिक रूपमा निःशुल्क उपयोग गर्न दिएबापत त्यस्ता व्यक्ति वा संस्थालाई महानगरबाट उपलब्ध हुने सेवासुविधामा प्राथमिकता दिने गरी नीतिगत व्यवस्था महानगरले गरेको छ ।

सहरका मुख्य र व्यस्त सडकमा रहेका निजी घर, बैंक, वित्तीय संस्था, होटल, रेष्टुरेन्ट लगायतका व्यावसायिक, गैरव्यावसायिक वा पेसागत संस्था र कम्पनीले आफ्नो स्वामित्वमा रहेका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिएमा आवश्यक पर्ने सफाइ एवम् स्यानिटरी सामग्री महानगरले सहयोग गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालले बताउनुभयो । उहाँका अनुसार शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुक व्यक्ति वा संस्थाले  यो महिनाको अन्त्यसम्ममा  निवेदन दिन सक्ने छन् ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया