देशको राष्ट्रियतामाथि गम्भीर खतरा छ : झलनाथ खनाल

 साउन ५, २०७९ बिहिबार १७:१५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको राष्ट्रियतामाथि विभिन्न खतरा मडारिरहेको दाबी गर्नुभएको छ । आज बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

सांसद खनालले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) लिन्न भनेर मन्त्रिपरिषद्ले निर्णय गरिसकेपछि के कारणले पत्राचार गर्न रोकियो भन्दै प्रश्न गर्नुभयो । उहाँले देशको क्याबिनेट भन्दा बाहिरतिर कतातिर कार्यकारी अधिकार छ ? भन्दै प्रश्नसमेत गर्नुभयो । सांसद खनालले एसपीपीको बारेमा अमेरिकालाई पत्र तत्काल लेखेर नागरिकको भावनाको कदर गर्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘ देशको राष्ट्रियताका सामु अनेक प्रकारका खतरा मडारिरहेका छन् । हामीले एसपीपी लिन्नौँ भनेर भनिसकेका छौँ । सदनबाट नै भनेको छ । मन्त्रिपरिषद्ले पनि निर्णय गरेको छ । चाँडो भन्दा चाँडो पत्र लैख्छौँ र रोक्छौँ भनेर सरकारले भनेको हो । तर अहिलेसम्म पनि त्यो पत्र के कारणले लेख्न सकिएको छैन ? हाम्रो देशको क्याबिनेट भन्दा बाहिरतिर कतातिर कार्यकारी अधिकार छ ? के कारणले रोकिँदै छ ? यसलाई गम्भीरतापूर्वक लिएर चाँडो भन्दा चाँडो समाधान गरियोस् ।’

सांसद खनालले नेपालमा अहिले धेरै समस्याहरू गम्भीर बन्दै गएकोले तत्काल समाधान गर्ने बाटोमा सरकार जानुपर्ने बताउनुभयो । 
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया