आज पहाडी भेगको केही ठाउँमा बदली र बर्षाको सम्भावना

 जेठ ६, २०८१ आइतबार ७:३६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – अहिले कोशी प्रदेशको केही ठाउँ र बागमती प्रदेशको पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित सामान्य पानी परिरहेको छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रको केही ठाउँमा बदली र वर्षा भएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित सामान्य पानी पर्ने सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा सामान्य हिमपातको सम्भावना पनि रहेको विभागको मौसम बुलेटिनमा उल्लेख छ । बदली र केही ठाउँमा वर्षाका कारण आज पूर्वी तराई र मध्यपहाडमा गर्मी केही घट्ने सम्भावना रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो । पश्चिम तराईका केही ठाउँमा पनि बदली र सामान्य वर्षाको सम्भावना भए पनि दिउँसो गर्मी उस्तै रहने सम्भावना रहेको उहाँले बताउनुभयो ।

हिजोको तुलनामा गर्मी बढ्ने सम्भावना कम भए पनि घट्ने सम्भावना पनि नदेखिएकोले गर्मीबाट बच्ने उपाय अपनाउनुपर्ने उहाँले बताउनुभयो । आज काठमाण्डौको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियसकाबीच रहने महाशाखाको पूर्वानुमान छ ।  

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया