अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोरोना सङ्क्रमण

 साउन ६, २०७९ शुक्रबार ६:४९:२९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोरोना सङ्क्रमण भएको छ ।

ह्वाइहाउसका प्रवक्ता केराइन जीन पयरेले राष्ट्रपति बाइडेनलाई सङ्क्रमण भएको जानकारी दिनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

राष्ट्रपति बाइडेन निवासमै आइसोलेशनमा रहेको र सामान्य औषधिको प्रयोग गरिरहेको पनि खबरमा उल्लेख छ ।

७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोनाका सामान्य लक्षण देखिएका छन् । उहाँले निवासबाटै काम गर्ने प्रवक्ता पयरेले बताउनुभएको छ ।

राष्ट्रपति बाइडेनले यसअघि नै कोरोनाविरुद्धको बुष्टरमात्रा समेतको खोप लगाइसक्नुभएको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया