ललितपुरमा घर नम्बर प्लेटबापतको शुल्क लिने प्रावधान स्थगित

 साउन ६, २०७९ शुक्रबार १२:५३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - ललितपुर महानगरपालिकाले घर नम्बर प्लेटको नाममा हरेक घरबाट १ हजार रुपैयाँ शुल्क उठाउने निर्णय स्थगित गरेको छ ।

यसमा पुनरावलोकन गर्नुपर्ने भएकाले तत्काललाई स्थगित गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ । महानगरले हिजो सूचना निकालेर नम्बर प्लेटबापतको १ हजार रुपैयाँ शुल्क सम्पत्ति कर असुल हुने समयमा लिने जनाएको थियो ।

सूचनामा महानगरका घरधनीले सम्पत्ति कर बुझाउँदा १ हजार रुपैयाँ घर नम्बर प्लेटबापत बुझाउनुपर्ने उल्लेख गरेकाे थियो । महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका घरको लगत सङ्कलन र पहिचानको लागि भन्दै नम्बर प्लेट टाँसिरहेको छ ।

महानगरले केही घरमा यसअघि नै हरियो रङ्गको नम्बर प्लेट टाँसिसकेको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया