संखुवासभाको तुम्लिङटारमा जीपले ठक्कर दिँदा तीन वर्षीया बालिकाको ज्यान गयो

 साउन ७, २०७९ शनिबार १८:७:५८ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा –  संखुवासभाको खाँदबारी नगरपालिका-९ मा पर्ने तुम्लिङटारमा जीपले ठक्कर दिँदा तीन वर्षीया बालिकाकोे ज्यान गएको छ । आज शनिबार बिहान एघार बजे भएको दुर्घटनामा परि उनको ज्यान गएको हो ।

तुम्लिङटार विमानस्थल जाने ट्राफिक चोक नजिकै बा २० च ९५०२ नम्बरको जीपले पैदल यात्री भोजपुरको षडानन्द–५ की भूमिका विष्टको छोरी वर्ष ३ की मनिषा विष्टलाई बाटो काट्ने क्रममा ठक्कर दिएको संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, दुर्घटनामा परि घाइते भएकी बालिकाको उपचार क्रममा मनकामना अस्पतालमा ज्यान गएको हो ।

बालिकाको टाउको तथा बायाँ हातमा चोट लागेकाे थियाे । ड्राइभर गोविन्द श्रेष्ठ र जीप प्रहरी नियन्त्रणमा रहेको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया