रुसद्वारा आफ्ना कारण विश्वव्यापी खाद्य सङ्कट उत्पन्न भएको आरोपको अस्वीकार

 साउन ९, २०७९ सोमबार १३:३:४२ | एजेन्सी
unn.prixa.net

रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभले आफ्नो देशका कारण विश्वव्यापी खाद्य सङ्कट उत्पन्न भएको आरोपको अस्वीकार गर्नुभएको छ ।

कुटनीतिक अभियानमा इजिप्टमा रहेका उहाँले अरब लिगका राजदूतहरूको भेलामा पश्चिमा देशहरूमाथि विश्वव्यापी खाद्य सुरक्षामा परेको असरबारे तथ्य तोडमोड भएको दाबी गर्नु भएको छ । उहाँले पश्चिमा देश अन्य देशमाथि हाबी हुन खोजेको पनि आरोप लगाएका बीबीसीले जनाएको छ ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेयता अरब र अफ्रिकी देशहरूमा खाद्यान्न अभाव भएको छ भने विश्वभर महँगी बढेको छ । युक्रेनमा उत्पादित अन्नको निर्यात गर्ने सम्बन्धी शुक्रवार भएको एक ऐतिहासिक सम्झौता पछि पनि रुसले ओडेसा बन्दरगाहमा आक्रमण गरेको छ । यसको चौतर्फी आलोचना भइरहेको छ ।

अफ्रिकन डेभलपमेन्ट बैंकका अनुसार युक्रेन र रुसले अफ्रिकामा खपत हुने गहुँको ४० प्रतिशत हिस्सा आपूर्ति गर्छन् । इजिप्ट युक्रेनी गहुँको ठूलो उपभोक्ता मध्येको हो । सन् २०१९ मा इजिप्टले सबैभन्दा बढी ३६ लाख टन युक्रेनी गहुँ आपूर्ति गरेको थियो ।
 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया