नेपालको व्यापार घाटा १७ खर्ब रुपैयाँ नाघ्यो, १९ खर्बको आयात हुँदा २ खर्बको निर्यात

 साउन ९, २०७९ सोमबार १३:३५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा नेपालको व्यापार घाटा १७ खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ मा व्यापार घाटा १३ खर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा गएको आर्थिक वर्षमा झन्डै पाँच खर्ब रुपैयाँले बढेर व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

गएकाे आर्थिक वर्षमा कुल २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यसमध्ये नेपालले १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँको वस्तु आयात गरेको छ भने दुई खर्ब १२ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । गएको आर्थिक वर्षमा भारतबाट १२ खर्ब १५ करोड रुपैयाँको वस्तु आयात भएकोमा एक खर्ब ५५ अर्ब २२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । भारतसँगको व्यापार घाटा १० खर्ब ४४ करोड रुपैयाँ रहेको छ ।

यस्तै चीनबाट दुई खर्ब ६४ अर्ब ७८ करोड रुपैयाँको वस्तु आयात भएकोमा जम्मा ८० करोड ८७ लाख रुपैयाँको निर्यात भएको छ । चीनसँग एक खर्ब ६ अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ । 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया