प्युठानको झिमरुक चिनाउन ‘झिमरुकतिर’ कला प्रदर्शनी सम्पन्न

 साउन ९, २०७९ सोमबार १९:२९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्युठान – प्युठानको झिमरुक गाउँपालिकाका मौलिक र ऐतिहासिक सम्पदाको प्रचारप्रसार गर्ने उद्देश्यले काठमाण्डौमा कला तथा तस्बिर प्रदर्शनी सम्पन्न भएको छ । 

झिमरुकको गौमुखी गुफा, तुषाराको रक गार्डेन, ओखरकोट, काउछे दरबार लगायतका सम्पदा, झिमरुकफाँट, स्थानीय शैलीका घर र गाउँ तथा मौलिक पोसाक लगाएका वृद्ध–पुराना व्यक्तिलाई समेटेर तयार पारिएका कला र तस्बिर काठमाण्डौको आर्ट काउन्सिलमा प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा एक्रेलिक रङ्ग, काष्ठ प्रिन्ट कला, फोटोग्राफी र आलोक चित्रमा १० जना कलाकारले तयार पारेका कला र तस्बिर राखिएको थियो । चित्र तथा तस्बिरमा झिमरुकको सुन्दरता, प्राकृतिक, सांस्कृतिक, सामाजिक, मानवीय तथा वास्तुकलाका विविध विषयलाई उतारिएको छ । 

प्रदर्शनीमा राखिएका कला र तस्बिर कलाकारहरूले कलाकृति सङ्ग्रहालयका लागि झिमरुक गाउँपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको छ । झिमरुकमा लोप हुँदै गएको कला, संस्कृति, चाडपर्व, पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक एवम् प्राकृतिक सम्पदालाई संरक्षण गर्नका लागि गाउँपालिकाको संयोजनमा प्रदर्शनी भएको हो ।

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया