पालिका चुनाव : मेयर/उपमेयर र अध्यक्ष/उपाध्यक्षमा एमालेलाई लाेकप्रिय मत

 साउन १०, २०७९ मंगलबार १९:६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावमा प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षमा नेकपा एमालेले सबैभन्दा धेरै मत पाएकाे छ । 

निर्वाचन आयोगले आज मङ्गलवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार एमालेले नगरपालिकाकाे मेयरमा २३ लाख ४८ हजार सात सय नाै र उपमेयरमा २२ लाख ७० हजार तीन सय २४ मत पाएकाे छ । यस्तै एमालेले गाउँपालिका अध्यक्षमा १४ लाख ७२ हजार नाै सय ५९ र उपाध्यक्षमा १४ लाख ११ हजार एक सय ७४ मत पाएकाे छ ।

 याे पनि पढ्नुहाेस्

दाेस्राे स्थानमा रहेकाे नेपाली कांग्रेसले नगरपालिकाकाे मेयरमा २२ लाख ७९ हजार तीन सय ६३ र उपमेयरमा १५ लाख १५ हजार तीन सय ९८ मत पाएकाे छ । यस्तै कांग्रेसले गाउँपालिका अध्यक्षमा १४ लाख ६७ हजार तीन सय ८८ र उपाध्यक्षमा १२ लाख ७१ हजार ५० मत पाएकाे छ ।

तेस्राे स्थानमा रहेकाे नेकपा माओवादी केन्द्रले नगरपालिकाकाे मेयरमा ६ लाख २७ हजार ६ सय ९३ र उपमेयरमा नाै लाख ४९ हजार आठ सय ५८ मत पाएकाे छ । यस्तै माओवादीले गाउँपालिका अध्यक्षमा सात लाख १० हजार दुई सय १२ र उपाध्यक्षमा सात लाख ४६ हजार पाँच सय ४० मत पाएकाे छ । 

यस्ताे छ विवरण–

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया